
इजरायलः मध्यपूर्वी राष्ट्रहरुको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र प्यालेस्टाइनको भ्रमण गर्दैछन् ।
साउदी अरबको दुइदिने औपचारिक भ्रमणका क्रममा मुसलमान नेताहरुलाई सम्बोधन गरेका राष्ट्रपति ट्रम्पले अब इजरायल र प्यालेस्टाइनको भ्रमण गर्न लागेका हुन्।
राजधानी रियादमा उनको सम्मानमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ट्रम्पले विश्वभरीका मुसलमान समुदाय एक जुट भई आतङ्कवादविरुद्ध लडी यसलाई परास्त गर्न आह्वान गरेका थिए ।
इजरालय र प्यालेस्टाइनमा हुन गइगइरहेको यस अमेरिकी राष्ट्रपतिको भ्रमणको लागि त्यहाँको सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ । ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई सोमबार र प्यालेस्टाइनी नेता महमुद अब्बाससँग मङ्गलबार भेटवार्ता गर्नेछन् ।
दुबै पक्ष बसेर प्रत्यक्ष वार्ता गर्नुपर्ने पक्षमा आफू रहेको ट्रम्पले बताएका छन्।रासस/एएफपी