
काठमाडौं : चर्चित नेपाली फेशन डिजाइनर काजल शर्मा युरोपमा सम्मानित भएकी छिनl एनआरएनए बेल्जियम तथा जनसम्पर्क समिति बेल्जियमले काजल क्रियसनकि संचालिका फेशन डिजाइनर शर्मालाई सम्मान गरेको होl
एनआरएनए बेल्जियमका सस्थापक अधक्ष्य रबिन्द्र मान श्रेष्ठ, एनआरएनए बेल्जियमका अधक्ष्य गंगाधर गौतम, एनआरएनए एनसीसी बेल्जियमकि महिला संयोजक सपिला राजभण्डारीलगायतले काजल शर्मालाइ सम्मान पत्रसहित सम्मान गरेको हो।
साथै उनले फेशन संसारमा पुर्याएको योगदान तथा युरोपमा समेत नेपाली फेशनलाइ चिनाउने काम गरेर अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउने काम गरे स्वरुप उनलाई कदर गरेको हो
अहिले काजल क्रियसन बुटिकले नेपालदेखि युरोपसम्म आफ्नो संजाल फैलाउदै गएको छl छोटो समयमा नै फेशनको संसारमा आफ्नो छुट्टै पहिचान बनाएर फेशन प्रेमीहरुको मन जित्न सफल काजल क्रियसन सेलेब्रेटिदेखि सर्बसाधारणहरुको रोजाइमा पर्न सफल भएको छl
विभिन्न चलचित्रदेखि म्युजिक भिडियो तथा सेलेब्रेटि नायक नायिका, राजनीतिकर्मी, व्यवसायीहरुकोसमेत ड्रेस डिजाइन गरेर काजल क्रिएशनले ख्याति कमाएको छ।
फेशन सम्बन्धि आफ्नो काम तथा नेपाली फेशनलाई विश्वसामु कसरि चिनाउन सकिन्छ, नेपाली उत्पादन ढाकाबाट बनेका कपडा तथा तयार भएका ड्रेसहरुलाई अन्तर्राष्ट्रिय स्तरमा प्रबर्धन गर्न काजल क्रियसनकि म्यानेजिङ डाइरेक्टर शर्मा लागि परेकी छिन्।
काजल भन्छिन्, 'युरोपमा समेत नेपाली ड्रेस डिजाइनको माग राम्रो भएको हुँदा हामीले आफ्नो देशको उत्पादनलाई विश्व बजारसामु लान सके सबैलाई फाइदा हुने तथा नेपाली बजारले अन्तर्राष्ट्रिय स्तरमा समेत ख्याती कमाउँनेछ।'