PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

काठमाडौँ उपत्यकामा माओवादीले निकाल्यो पहिलो विजय जुलुस, हेर्नुस् ८ फोटो

काठमाडौँ उपत्यकामा माओवादीले निकाल्यो पहिलो विजय जुलुस, हेर्नुस् ८ फोटो

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : माओवादी केन्द्रले काठमाडौँ उपत्यकामा पहिलो विजय जुलुस निकाल्ने अवसर सोमबार बल्ल पाएको छ। 

सोमबार ललितपुर महानगरपालिकाका दुई वडामा माओवादीको गोलाकारभित्र हँसिया हथौडाको झण्डा गाडियो।  वडा नम्बर २१ मा माओवादी केन्द्रका उम्मेदवार रविन्द्र महर्जन अध्यक्षमा विजयी भए। उनले १२ सय ३५ मत पाए । उनका प्रतिस्पर्धी नेकपा एमालेका मदनकृष्ण डंगोलले ९ सय ७५ मत ल्याएका थिए। 

त्यसैगरी २२ नम्बर वडामा अमिरमान शाक्य विजयी भए। उनले १२ सय ७९ मत ल्याएर विजयी भए भने प्रतिस्पर्धी एमालेका प्रेमभक्त महर्जनले १२ सय ७० मत मात्र ल्याए। 

मतगणनास्थल जावलाखेलबाट माओवादीले विजय जुलुस निकालेको थियो। 


ट्रेन्डिङ पोस्ट

Ncell