PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

महानगरमा पहिलो जित कांग्रेसको पोल्टामा, ललितपुरमा चिरिबाबु महर्जन मेयर निर्वाचित

महानगरमा पहिलो जित कांग्रेसको पोल्टामा, ललितपुरमा चिरिबाबु महर्जन मेयर निर्वाचित

उमेश पौडेल/पहिलोपोस्ट


ललितपुर : पहिलो चरणको निर्वाचनमा मतदान भएका चार महानगरमध्ये सबैभन्दा पहिले आएको नतिजा नेपाली कांग्रेसको पक्षमा गएको छ। वैशाख ३१ गते भएको मतदानकै दिन मध्यरातदेखि सुरु भएको मतगणना ९ दिनपछि मध्यरातमै टुङ्गिएको हो। 

मतगणनामा सुरुका दिनमा मेयरमा एमालेका हरिकृष्ण व्यञ्जनकारले अग्रता लिइरहेका भए पनि पछि पासा पल्टियो र नतिजा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनको पक्षमा गयो। 

३२६ मतको अन्तरले चिरिबाबुले हरिकृष्णलाई उछिने। चिरिबाबुले २४ हजार ६ सय ४२ मत पाए भने हरिकृष्णले २४ हजार ३ सय १६।

साझा पार्टीको समर्थन रहेका रमेश महर्जनले १३ हजार ४५८ मत पाए। 

उपमेयरतर्फ पनि नेपाली कांग्रेसकै गीता सत्याल निर्वाचित भइन्। उपमेयरमा राप्रपा र नेकपा एमालेका संयुक्त उम्मेदवार बाबुकाजी शाक्य साझा पार्टीका उम्मेदवार शोभा शाक्यभन्दा पछि परे। 

गीताले १९ हजार ८१९ मत पाइन्। साझा पार्टीको समर्थन रहेकी शोभा शाक्यले १४ हजार २४० मत पाइन्। गठबन्धन उम्मेदवार बाबुकाजीको मत १० हजार ५४० थियो।  


ट्रेन्डिङ पोस्ट

Ncell