PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

साझा पार्टीले दियो ललितपुरका मतदातालाई धन्यवाद



पहिलोपोस्ट

साझा पार्टीले दियो ललितपुरका मतदातालाई धन्यवाद

काठमाडौँ : साझा पार्टीले ललितपुरका मतदातालाई धन्यवाद दिएको छ। स्थापनाको छोटो समयमा नै वैकल्पिक शक्तिका रुपमा आफ्ना उम्मेद्वारलाई विश्वास गरेको भन्दै साझाले मतदातालाई धन्यवाद दिएको हो। ललितपुरमा साझा पार्टीका उम्मेदवार मेयरमा तेस्रो र उपमेयरमा दोस्रो भएका थिए।

पार्टीले विज्ञप्तिमा भनेको छ ‘पार्टी निर्माणको प्रक्रिया सुरु गरेको दुई महिना पनि नबित्दै र कहीँ कतै सङ्गठन निर्माण नभई उमेदवारी दिँदा पनि सम्पूर्ण परिणाममा दुवै उमेदवार क्रमशः दोस्रो र तेस्रो स्थानमा आउनु भनेको मतदाताहरूले साझा पार्टीलाई एउटा भरपर्दो राजनीतिक विकल्पका रूपमा लिएको तथ्यको उत्साहजनक सङ्केत हो। जसरी हामीलाई मतदाताहरूले पत्याएका छन् त्यो हाम्रो लागि ठूलो उपलब्धि हो।’

पार्टीले ललितपुरका निर्वाचित मेयर तथा उपमेयरलाई बधाई पनि दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell