PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

आईएसले लियो म्यानचेस्टर हमलाको जिम्मेवारी 



रासस

आईएसले लियो म्यानचेस्टर हमलाको जिम्मेवारी 
फोटो श्रोतः independent.co.uk

लन्डनः बेलायतको म्यानचेस्टर सहरमा सोमबार राति एक साङ्गीतिक कार्यक्रमस्थलमा गराइएको आत्मघाती हमलाको इस्लामिक स्टेट (आईएस) समूहले जिम्मेवारी लिएको छ। 

सङ्गीतमय बनिरहेको साँझलाई कार्यक्रमको अन्त्यमा अमेरिकी कलाकार एरियाना ग्रान्डेको प्रस्तुति सकिएलगत्तै म्यान्चेस्टर सङ्गीतस्थल परिसरमा भयानक आवाजसहित बम बिस्फोट भएको थियो । 

घटनामा २२ जनाको ज्यान गएको थियो भने करिब ६० जना घाइते भएका थिए । घाइते सबैजनाको अस्पतालमा उपचार भइरहेको छ । रासस/सिन्ह्वा 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell