
कालीकोटः कालीकोटको नरहरिनाथ गाउँपालिकामा अध्यक्षमा नेकपा एमालेका धिरबहादुर विष्ट विजयी भएका छन् ।
विष्ट दुई हजार ४६० मत ल्याई विजयी भएका हुन्। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मीनबहादुर बोगटीले दुई हजार २३८ मत ल्याएका छन् ।
त्यसैगरी, उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका मनशोभा बुढा विजयी भएकी छन्। उनी दुर्इ हजार २४९ मत ल्याई विजयी भएकी हुन्।
नरहरिनाथ गाउँपालिकामा चारवटा वडामा नेकपा एमाले, तीनवटा वडामा नेकपा माओवादी केन्द्र र दुईवटा वडामा नेपाली कांग्रेसले जित हासिल गरेको छ ।
कालीकोटमा दुई नगरपालिका (तिलागुफा र रास्कोट) सहित तीन गाउँपालिका (पचालझरना, सान्नित्रिवेणी र पलांता)मा नेकपा माओवादी केन्द्रले जित हासिल गरेको छ भने खांडाचक्र नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।
महावै गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ।रासस