PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

भरतपुरमा मतान्तर घटाउँदै रेणु दाहाल



पहिलोपोस्ट

भरतपुरमा मतान्तर घटाउँदै रेणु दाहाल

चितवनः चितवनको भरतपुर महानगरको मतपरिणाम रोमान्चक वनेको छ । 

नेकपा एमालेका देवी ज्ञवाली र माओवादी–काग्रेस गठवन्धनकी उम्मेदवार रेणु दाहालबीच प्रमुख पदमा भएको प्रतिस्पर्धाको नतिजा अन्तिम समयमा वढी प्रतिस्पर्धात्मक देखिएको छ । 

मनोनयनवाटै चर्चाको शिखरमा रहेको भरतपुर महानगरमा यतिवेला चितवनको पश्चिमी भेगको मतगणना भईरहेको छ । 

सहरी क्षेत्रको मतगन्दा एमालेको अग्रता रहेको भरतपुरमा गाउँपसेपछि गठवन्धनको पक्षमा वढी मत खसेको देखिएको छ । 

सहरी क्षेत्रमा ३ हजार ८ सय मत अन्तरले रेणु दाहाललाई पछि पारेका देवी ज्ञवालीलाई ग्रामिण भेगमा चुनौती देखिएको छ । 

भरतपुरका १७ वटा वडाको मतगणना गर्दासम्मपनि कसले वाजी मार्छ भन्न सकिने अवस्था छैन । हालसम्म देवी ज्ञवालीले २६ सय ६६ मतले अग्रता लिइरहेका छन् । 

नेपाली कांग्रेसको राम्रो प्रभाव भएको क्षेत्रहरु गन्न वाँकी भएकाले नतिजा आफ्नो पक्षमा पर्ने दावी गठवन्धनले गरिरहेको छ भने एमालेका नेताहरु पनि नतिजा थोरै मत अन्तरले भएपनि आफ्नै पक्षमा आउने दावी गरिरहेका छन्।

वडा नं २६ को गणनासम्म एमालेका देवी ज्ञवालीले २८ हजार ६९ मत ल्याएका छन् भने रेणु दाहालले.२५ हजार ४ सय ३ मत ल्याएकी छन् । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell