PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

एमालेले माग्यो हार जितका ५ कारण



पहिलोपोस्ट

एमालेले माग्यो हार जितका ५ कारण

काठमाडौं : नेकपा एमालेले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा गाउँपालिका र नगरपालिकाहरुमा हारको पाँच कारण पठाउन जिल्ला कमिटीहरुलाई निर्देशन दिएको छ।
 
एमालेको स्थानीय निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिको बैठकले निर्देशन जारी गर्दै पराजित हुनुको कारण तीन दिन भित्र पठाउन निर्देशन दिएको हो।
 
एमालेले स्थानीय तहको निर्वाचनमा प्रशासनको भूमिकाको समेत समीक्षा गर्ने भएको छ। उम्मेद्वारहरुलाई एमालेले प्रशासनको भूमिकाका विषयमा समेत प्रतिवेदनमा उल्लेख गर्न निर्देशन दिएको हो। 

पहिलो चरणको निर्वाचनको आधारमा दोश्रो चरणमा रणनीति तय गर्नका लागि प्रतिवेदन मागेको एमाले सचिव योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। स्थानीय तहको पहिलो चरणको निर्वाचनमा सत्ताको संरक्षणमा आफू विरुद्ध आक्रमण भएको आरोप एमालेले लगाउँदै आएको छ। 

एमालेले हारसँगै जितका पनि पाँच कारण पठाउन जिल्ला किमिटीहरुलाई निर्देशन दिएको छ। विभिन्न जिल्लामा तालमेलका विषयमा निर्णय लिनु अघि एमालेले अध्ययन गर्न प्रतिवेदन मागेको हो।
 
त्यस्तै नगरपालिका प्रमुख तथा उपप्रमुख र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षका सबै उम्मेदवारले प्राप्त गरेको मत परिणाम समेत मागेको छ।

पार्टीमा भएको तालमेलको अनुभव र आन्तरिक परिचालनका विषयमा समेत प्रतिवेदनमा लेख्न भनेको छ। 

त्यस्तै जिल्ला समन्वय समिति र गाउँ तथा नगर कार्यपालिकामा सदस्यहरूको मनोनयनका निम्ति तत्कालै आवश्यक प्रबन्ध गर्न समेत जिल्ला कमिटीहरुलाई निर्देशन दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell