PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

संसद फेरि स्थगित, प्रधानमन्त्री राष्ट्रको नाममा सम्बोधन गर्ने तयारी



पहिलोपोस्ट

संसद फेरि स्थगित, प्रधानमन्त्री राष्ट्रको नाममा सम्बोधन गर्ने तयारी

काठमाडौँ : स्थानीय तहको संख्या थप गरेको विरोधमा एमालेले संसदमा अवरोध गर्ने जनाएपछि सभामुख ओनसरी घर्तीले संसद बैठक बिहीबार ४ बजे सम्मका लागि स्थगित गरेकी छिन्। 

संसद बैठक सुचारु बनाउने विषयमा बानेश्वरमा भएको छलफलमा एमालेले पछाडि नहट्ने बताएको थियो।  

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद बैठकबाट सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका थिए। 

यसैबीच, प्रधानमन्त्रीले संसद बाहिरबाटै सम्बोधन गर्ने तयारी गरेका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले सम्बोधन गर्ने तयारी भइरहेको बताए। 'कहाँबाट गर्ने टुङ्गो लाग्न बाँकी छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell