PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

कास्की कांग्रेसका उपसभापतिको निधन



पहिलोपोस्ट

कास्की कांग्रेसका उपसभापतिको निधन
फोटोः गंगाधर पराजुलीको फेसबुकबाट

पोखराः नेपाली कांग्रेस कास्कीका उपसभापति हरि आचार्यको हृदयघातका कारण निधन भएको छ। 

पोखरा लेखनाथ महानगरपालिका वडा नं. ११ काँहु निवासी ४४  वर्षीय आचार्यको बुधवार विहान आफ्नै निवासमा हृदयघात भएको हो।
 
हृदयघात भइ उपचारार्थ मनिपाल अस्पताल पुर्‍याइएको थियो। त्यहाँ चिकित्सकले उनको निधन भइसकेको घोषणा गरेका थिए।

आचार्यको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि दिउँसो नेपाली कांग्रेस  कास्कीको कार्यालय चिप्लेढुङ्गामा राखिने बताइएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell