काठमाडौं : सञ्चारकर्मीबाट गायक बनेका सुरज पौडेलको गीत 'ठुमक्का…' ले को भिडियो सार्वजनिक भएको छ।
चितवन र नवलपरसीमा खिचिएको भिडियोमा रन्जु शर्मा र मेण्डी बाबुले अभिनय गरेका छन्।
भिडियोलाई अर्का सञ्चारकर्मी कुमार आचार्यले निर्देशन गरेका हुन्।
गायक सुरज पौडेलको प्रस्तुती रहेको गीतमा भिषण राईले सगीत दिएका छन् भने गोपाल रसाँइलीले एरेन्ज गरेका छन्। यसतै म्युजिक भिडियोलाई रविन्द्र खड्ङ्काले सम्पादन गरेका छन्। भिडियोमा कोरियोग्रापी जगतराम चन्द्र रेग्मीको रहेको छ।