PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

संसदमा बोल्न नपाएपछि सिंहदरबारबाटै हुने भयो प्रधानमन्त्रीको राजिनामा



पहिलोपोस्ट

संसदमा बोल्न नपाएपछि सिंहदरबारबाटै हुने भयो प्रधानमन्त्रीको राजिनामा

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले आज अपरान्ह सिंहदरबारबाट विशेष सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्रीले देशवासीका नाममा विशेष सम्बोधन गर्न लागेका उनको निजी सचिवालयले जनाएको हो।
 
प्रधानमन्त्रीले आफ्नो सम्बोधनबाटै राजीनामाको घोषणा गर्ने बताइएको छ। नेकपा एमालेले व्यवस्थापिका संसदको बैठक चल्न नदिने बताएपछि प्रधानमन्त्रीले सिंहदरबाट सम्बोधन गर्न लागेका हुन्। स्थानीय तह संख्या बढाइएको विषयलाई लिएर नेकपा एमालेले संसद अवरुद्ध पार्दै आएको छ।
 
यसअघि मंगलबार पनि प्रधानमन्त्रीले व्यवस्थापिका संसदबाट विशेष सम्बोधन गर्ने तयारी गरेका थिए। पटक पटक स्थगित गरिएको संसद बैठक एमालेकै अवरोधका कारण आज बिहान ११ बजेका लागि बोलाइएको थियो। संसद सुचारु गर्ने विषयमा दलहरुबीच आज भएको छलफलमा पनि एमाले आफ्नो अडानबाट पछि नहटेपछि भोलि अपरान्ह चार बजेसम्मका लागि बैठक स्थगित भएको छ। भोलि सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell