PahiloPost

May 5, 2026 | २२ बैशाख २०८३

सुरक्षा कार्वाहीमा अफगानिस्तानको गजनीमा १० तालिवान लडाकुको मृत्यु



रासस

सुरक्षा कार्वाहीमा अफगानिस्तानको गजनीमा १० तालिवान लडाकुको मृत्यु

अफगानिस्तानः अफगानिस्तानको पूर्वी प्रान्त गजनीको प्रान्तीय राजधानी गजनीको बाहिरी इलाकामा सुरक्षा कार्वाहीमा दश तालिवान लडाकु मारिएका छन् । 

गजनीको बाहिर इलाकामा रहेको एक प्रहरी चौकीमा तालिवान लडाकुले गरेको आक्रमणपछि कैयौ घण्टासम्म भएको दोहोरो भिडन्तमा ती तालिवान लडाकुहरु  मारिएका प्रहरी अधिकारी बसिर अहमद तराकीले बताएका छन् । 

तराकीका अनुसार आक्रमणपछि ठूलो सङ्ख्यामा आतङ्ककारीहरु त्यहाँबाट भागेका थिए ।  भिडन्तमा एक प्रहरी अधिकारी घाइते भएका र उनलाई उपचारार्थ अस्पताल भर्ना गरिएको छ । 

अफगान सरकारसँग युद्धरत तालिवान आतङ्ककारी समूहले भने भिडन्तका विषयमा केही टिप्पणी गरेको छैन । रासस /सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell