PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

म्यादी प्रहरी नै हत्यारा?



सविन ढकाल

म्यादी प्रहरी नै हत्यारा?
प्रतीकात्मक फोटो : http://inhabitat.com

काठमाडौ : निर्वाचन सुरक्षाका लागि खटाइएका म्यादी प्रहरीले नै हत्यामा संलग्न रहेको खुलासा भएको छ। 

ललितपुरको छम्पीमा ५४ वर्षीय दीपक परियारको हत्या भएको थियो। सिन्धुपाल्चोक घर भइ ललितपुरकै चापागाउँमा खटिएका म्यादी प्रहरी कुमार पाख्रिन अपराधमा संलग्न रहेको प्रहरी अनुसन्धानले देखाएको छ। 

सोमवार राति सँगै रक्सी खाएर घर फर्किने क्रममा भएको विवादपछि पाख्रिनले ढुङ्गाले हानेर हत्या गरेको देखिएको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी ईश्वर कार्कीले बताए। 

हत्यापछि फरार कुमार पाख्रिनलाई प्रहरीले पक्राउ गरिसकेको छ। नेपाल प्रहरीको तालिम प्राप्त कुकुरको सहयोगमा उनलाई पक्राउ गरिएको कार्कीले जानकारी दिए। उनीहरुबीच चिनजान केही समयअघि मात्र भएको अनुसन्धानमा देखिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell