PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

काठमाडौंका तीन वडामा एमाले, एकमा कांग्रेसको प्यानल विजयी



रासस

काठमाडौंका तीन वडामा एमाले, एकमा कांग्रेसको प्यानल विजयी

काठमाडौंः काठमाडौं महानगरपालिकाको वडा नं– ४, १८ र ३२ मा नेकपा एमाले आफ्नो समूहसहित विजयी भएको छ भने नेपाली कांग्रेस वडा नं–२० मा आफ्नो समूहसहित विजयी भएको छ। 

वडा नम्बर चारमा एमालेका मोहनबहादुर श्रेष्ठ तीन हजार ८१३ मत प्रप्त गरी विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अनिशराम शर्माले तीन हजार ४८० मत प्राप्त गरे। 

एमालेबाटै महिला सदस्यमा सरु अधिकारीले चार हजार ३२ , दलित महिला सदस्यमा कल्पना सार्की नगरकोटी तीन हजार ९३९, खुल्ला सदस्यद्वयमा दिनेश महर्जन चार हजार १०० र ध्रुवप्रसाद त्रिपाठी तीन हजार ८७९ मत प्राप्त गरी निर्वाचित भएका छन्। 

वडा नं– १८ नेकपा एमाले 

वडा नं– १८ मा पनि एमालेकै समूह निर्वाचित भएको छ । वडाध्यक्षमा न्युच्छेकाजी महर्जन एक हजार ५६ मत प्राप्त गरी विजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजन महर्जनले ७८५ मत प्राप्त गरेका छन्। 

महिला सदस्यमा एमालेकी हेराशोभा डङ्गोल महर्जन ११ हजार १२५, खुला सदस्यद्वयमा हेमज्योति शाक्य एक हजार ४५ र रचना शर्मा ९२४ मत ल्याएर विजयी भइन् भने दलित महिला सदस्यमा भने उम्मेदवारी परेको थिएन । 

वडा नं.– २० नेपाली कांग्रेस 

वडा नं– २० मा नेपाली कांग्रेसको राजेन्द्र मानन्धरको समूह नै निर्वाचित भएको छ । मानन्धर ८७६ मत ल्याएर विजयी भएका हुन्।

महिला सदस्यमा शोभादेवी मानन्धर ९३३ र दलित महिला सदस्यतर्फ मञ्जु मकैया एक हजार ५३, खुला सदस्यद्वयमा अनेश चित्रकार एक हजार २०६ र रशेल श्रेष्ठ ७६५ मत प्राप्त गरी निर्वाचित भएका छन्। 

वडा नं.– ३२ एमाले 

महानगरको वडा नं ३२ मा एमालेकै नवराज पराजुली पाँच हजार ८७९ मत ल्याइ विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्णबहादुर केसीले चार हजार १९ मत प्राप्त गरे । 

वडाको महिला सदस्यमा एमालेकी सरिता दाहाल पाँच हजार ९०४ र दलित महिला सदस्य सीता विसङ्खे पाँच हजार ८६४ मत प्राप्त गरी विजयी भएका हुन्। 
यसैगरी खुला सदस्यतर्फ राजेन्द्र न्यौपाने पाँच हजार ६८० र हिरादेवी पोखरेल पाँच हजार ४३४ मत ल्याइन्। 

महानगरपालिकाको १, २, ३, ४, ५, १८, १९, २०, २२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३२ वडाको मत गणना सम्पन्न भइसकेको छ भने ६, ७, ८, ९, १०, ११, १२, १३, १४, १५, १६, १७, २१ र ३१ वडाको मत परिणाम आउन बाँकी छ । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell