हेटौंडाः हेटौंडा उपमहानगरपालिका– ९ र १० मा नेकपा एमाले विजयी भएको छ ।
वडा नं ९ को वडा अध्यक्षमा एमालेका लक्ष्मणप्रसाद भण्डारी एक हजार ६७० मत ल्याई विजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विश्वराज नेपालले ७९१ मत प्राप्त गरेका छन् । वडामा एमालेको पुरै समूह विजयी भएको छ ।
त्यस्तै, वडा नं १० को वडा अध्यक्षमा पनि एमालेका कितापसिंह लामा ४८० मत प्राप्त गरी विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कालु घलानले ४८० मत प्राप्त गरेका छन्।
हेटौंडा उपमहानगरपालिकाका १९ मध्ये १८ वटा वडाको मतगणना सकिएको छ । रासस