
बुटवलः बुटवलको एक औषधि गोदाममा आगलागी हुँदा झन्डै आठ करोड रुपैयाँ मूल्य बराबरको क्षति भएको छ ।
बुटवल उपमहानगरपालिका– ६ (साविक वार्ड नं– ८) स्थित खेम इन्टरप्राइजेज र ओमी फार्मामा मङ्गलबार मध्यराति लागेको आगो आज बिहान ४ बजेतिर मात्रै नियन्त्रणमा लिन सकेको हो ।
पहिलो तलाको पूर्वतर्फबाट औषधि स्टोरमा लागेको आगो चौथो तलासम्म पुगेको थियो । आगालागीबाट सम्पूर्ण औषधि जलेर नष्ट भएका छन् । विद्युत् सर्ट भई आगलागी भएको अनुमान गरिएको छ । रासस