PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल स्टार स्पोर्ट्समा प्रत्यक्ष प्रशारण हुने



पहिलोपोस्ट

नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल स्टार स्पोर्ट्समा प्रत्यक्ष प्रशारण हुने

काठमाडौं : नेपाल र भारतबीच हुने मैत्रीपूर्ण फुटबल खेल स्टार स्पोर्ट्समा प्रत्यक्ष प्रशारण हुने भएको छ।

आगामी जेठ २२ गते जुन ६ मा मुम्बईमा हल लागेको खेल स्टार स्पोर्ट्सले प्रत्यक्ष प्रशारण गर्नै अल इन्डिया फुटबल फेडेरेशन एआईएफएफले जनाएको छ।

एआईएफएफ र फुटबल स्पोर्ट्स डेभलपमेन्ट लिमिटेड (एफएसडिएल)बीच एक वर्षसम्म भारतले खेल्ने सबै अन्तर्राष्ट्रिय खेलको प्रत्यक्ष प्रशारण गर्ने सहमती गरेपछि नेपाल र भारतको खेल पनि प्रत्यक्ष प्रशारण हुने भएको हो।

मार्च २०१७ देखि मार्च २०१८ सम्म भारतले १५ इन्टरनेशल म्याच खेल्दैछ, जसमध्ये ८ म्याच भारतको घरेलु मैदानमा हुनेछ।

एएफसी एसिया कप छनौटको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल हुन लागको हो। जुनमा नेपालले यमन तथा भारतले किर्गिस्तानसँग खेल्दैछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell