PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल मलेसियासँग पराजित



पहिलोपोस्ट

दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल मलेसियासँग पराजित

नेपाली महिला टोली दोस्रो मैत्रीपूर्ण खेलमा मलेसियन महिला टोलीसँग ४-१ ले पराजित भएको छ।

दुई दिनअघि भएको पहिलो मैत्रीपूर्ण खेलमा १-१ को बराबरी खेलेको नेपाल दोस्रो खेलमा घरेलु टोली सामु निरिह रहयो।

मलेसियाको कोटा किनाबालुस्थित युएमएस स्टेडियममा भएको खेलमा मलेसियालाई जित दिलाउन शेरेइलिएन इले पिउसले २ तथा नरअथिराह ममत र पुटेरीन नोरालिसाले १/१ गोल गरिन्। नेपालका लागि कप्तान सजना राना मगरले एक गोल फर्काइन्।

जितसँगै मलेसियाले गत वर्ष नेपाल भूमिमा बेहोरेको हारको बदला समेत लिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell