PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

एमालेले माग्यो पार्टी विजय र पराजयका पाँच कारण



रासस

एमालेले माग्यो पार्टी विजय र पराजयका पाँच कारण

काठमाडौंः नेकपा एमालेले पहिलो चरणको निर्वाचनमा पार्टी विजय र पराजय हुनुको कारण केन्द्रमा पठाउन पार्टीका स्थानीय निकायलाई निर्देशन दिएको छ। 

महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा आज बसेको स्थानीय निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिको बैठकले विजय र पराजयका पाँच कारण केन्द्रमा पठाउन निर्देशन दिएको हो। 

बैठकले पहिलो चरणको निर्वाचनको अनुभवबाट शिक्षा लिँदै दोस्रोचरणको निर्वाचनमा पार्टीलाई परिचालन गर्ने निर्णय गरेको छ । 

बैठकले नगरपालिका प्रमुख तथा उपप्रमुख र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षमा सबै उम्मेदवारले प्राप्त गरेको मतपरिणाम, नगरपालिका र गाउँपालिकामा पार्टीका तर्फबाट विजयी बनेका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष र सदस्यको नामावली छिटो भन्दा छिटो पार्टीको केन्द्रीय कार्यालयमा पठाउन सबै जिल्ला कमिटीलाई निर्देशन दिएको सचिव योगेश भट्टराईले जानकारी दिए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell