PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

पिएम कप क्रिकेट : सुशिलको ५ विकेट, पुलिस ७ विकेटले विजयी



पहिलोपोस्ट

पिएम कप क्रिकेट : सुशिलको ५ विकेट, पुलिस ७ विकेटले विजयी
फोटो : विकेट नेपाल डट कम

काठमाडौं : विभागीय क्लब नेपाल पुलिसको क्रिकेट टिमले प्राइममिनिस्टर (पिएम) कप क्रिकेटमा विजयी सुरुवात गरेको छ।

युवा बलर सुशिल कँडेलले बलिङमा ५ विकेट तथा अमित श्रेष्ठले ब्याटिङमा अर्धशतक प्रहार गरेपछि पुलिसले सुदूरपश्चिमाञ्चललाई बुधबार ७ विकेट पराजित गरेको हो।

सुपले दिएको १७१ रनको लक्ष्य पुलिसले २४.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो।

कीर्तिपुरस्थित टियू मैदानमा पुलिसले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ८ बल बाँकी छदा १७० रनमा अलआउट भयो। सुदूर पश्चिमका लागि ज्ञानेन्द्र कँवलरे सर्वाधिक ४९ रन बनाए भने भिम शार्कीले २८, सन्तोष भट्टले २५ तथा रोशन नेपालीले २१ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।

बलिङमा पुलिसका सुशिल कँडेलले ५ तथा ललित सिह भण्डारीले ३ विकेट लिए। १० ओभर बलिङ गरेको सुशिलले २ मेडन राख्दै २१ रन मात्र खर्चेर ५ विकेट लिएका हुन्। जारी प्रतियोगिताको एकै खेलमा ५ विकेट लिने सुशिल दोस्रो खेलाडी बनेक छन्।

अघिल्लो दिन आर्मीका सागर पुनले पूर्वाञ्चल विरुद्धको खेलमा ५ विकेट लिएका थिए।

अमित श्रेष्ठको अर्धशतक मद्दतमा पुलिसले १७१ रनको लक्ष्य १५३ बल अगावै पूरा गर्‍यो। अमितले ६३ बल खेल्दै ८ चौका र ३ छक्काको मद्दतमा ७५ रन बनाए। ओपनर शंकर रानालाई शुन्यमा गुमँएपनि पुलिसका लागि अमितले दीलिप नाथसँग दोस्रो विकेटका लागि १२८ रनको साझेदारी गरे। दीलिपले ५० बलमा ४० रनको योगदान गरे।

दीपेन्द्र सिंह ऐरी २७ तथा आरिफ शेख ८ रनमा नटआउट रहे। १९ बल खेलेका ऐरीले ६ चौका प्रहार गरे।

सुदूरपश्चिमका सागर भण्डारी विकास अग्री र भिम शार्कीले १/१ विकेट लिए। जितपछि समूह बीमा पुलिसले अर्को विभागीय टोली आर्मी समान २ अंक जोडेको छ।

प्रतियोगिताअन्तर्गत बिहिबार समूह बी पूर्वाञ्चल र पुलिसबीच खेल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell