PahiloPost

Jun 21, 2025 | ७ असार २०८२

भारतको उत्तर प्रदेशमा भएको जातीय हिंसामा एकको मृत्यु, कैयौं  घाइते



रासस

भारतको उत्तर प्रदेशमा भएको जातीय हिंसामा एकको मृत्यु, कैयौं  घाइते

नयाँदिल्लीः भारतको उत्तरी राज्य उत्तर प्रदेशमा भएको जातीय विवादको कारण एक जनाको मृत्यु भएको छ भने  अन्य कैयौ घाइते भएका अधिकारीले जानकारी दिएका छन् । 

लखनउबाट ७११ किलोमिटर उत्तरपश्चिममा पर्ने सहारनपुर जिल्लाको जातीय विवादको कारण हिंसा सुरु भएको हो। 

मङ्गलबार साँझ दलित समुदायका एक ट्रक चालक ठाकुर समुदायका व्यक्तिको आक्रमणबाट मारिएपछि हिंसा भड्किएको हो।

स्थानीयका अनुसार ती दलित समुदायका मानिस उत्तर प्रदेशका आफ्ना नेता मायावतीको जुलुसमा सहभागी भएर फर्किरहेका थिए। 

बहुजान समाज पार्टीका प्रमुख मायावती उत्तर प्रदेशमा रहेका दशौं लाख दलित व्यक्तिलाई समर्थन गर्दै आएकी छन्। 

साबिरपुरस्थित केही राजपूतहरुको भवनमा दलित समुदायले ढुङ्गा हानेपछि यी दुई समूदायबीचको तनाव सुरु भएको बताइएको छ । रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell