
हेटौंडाः हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालेले विजयी भएको छ ।
कांग्रेस माओवादी गठबन्धनका उम्मेदवार आनन्द पराजुलीलाई पराजित गर्दै एमालेका हरिबहादुर महत प्रमुखमा विजयी भएका हुन् ।
महत २३ हजार १२४ मत प्राप्त गरी विजयी भएका हुन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पराजुलीले २२ हजार ५०९ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा एमालेकै मीना लामा विजयी भएकी छन् । लामा २३ हजार ४३७ मत प्राप्त गरी विजयी भएकी हुन् ।