PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

निर्वाचन आयोगले सरकारलाई भन्यो–दोस्रो चरणको निर्वाचनको तिथि, मिति र सम्भावनाको विकल्प नखोजौं



रासस

निर्वाचन आयोगले सरकारलाई भन्यो–दोस्रो चरणको निर्वाचनको तिथि, मिति र सम्भावनाको विकल्प नखोजौं

काठमाडौंः निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनको तिथि, मिति र सम्भावनाको विकल्प नखोज्न सरकारलाई आग्रह गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरी निर्वाचन आयोगका पदाधिकारीले जेठ ३१ गते नै निर्वाचन सम्पन्न गर्न आवश्यक सहयोग पुर्याउन सरकारलाई सुझाव दिएका हुन्। 

भेटमा प्रधानमन्त्री दाहालले निर्वाचनका लागि राजनीतिक सहमति खोज्ने प्रयास भइरहेकाले दोस्रो चरणको निर्वाचनका उपाय र विकल्पबारे सुझाव दिन आयोगका पदाधिकारीसँग आग्रह गरेका थिए । 

प्रमुख निर्वाचन आयुक्त यादवले प्रदेश नं १, २, ५ र ७ का ४६१ स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा गरी सम्पूर्ण निर्वाचन सामग्री जिल्लामा पुर्याइसकिएको जानकारी प्रधानमन्त्रीलाई गराएका थिए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell