PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

हरहालतमा जेठ ३१ गते नै दोस्रो चरणको निर्वाचन



रासस

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख निर्वाचन आयुक्तसहित निर्वाचन आयोगका पदाधिकारीसँग आज भएको भेटलाई केही सञ्चारमाध्यममा गलत ढङ्गबाट समाचार प्रकाशन/प्रसारण भएको भन्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकारले गम्भीर ध्यानाकर्षण गराएका छन्।

प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रेस विज्ञप्ति जारी गरी प्रधानमन्त्रीले आयोगका पदाधिकारीसँग यही जेठ ३१ गते तोकिएको दोस्रो चरणको निर्वाचन तयारीबारे जानकारी लिएको तर सञ्चारमाध्यमले ३१ गतेको निर्वाचन सार्न खोजिएको भन्दै सुनियोजित र गलत ढङ्गले प्रकाशन/प्रसारण गरिएकोप्रति ध्यानाकर्षण गराएका हुन्।

“हरहालतमा जेठ ३१ गते नै दोस्रो चरणको स्थानीय तहको निर्वाचन हुनेमा कसैले भ्रम पाल्न जरूरी छैन, तसर्थ गलत मनसायद्वारा प्रकाशित समाचारको भ्रममा नपरी दोस्रो चरणको निर्वाचनमा जुट्न सम्पूर्ण राजनीतिक दल र जनसमुदायमा अनुरोध गर्दछौँ”– जारी विज्ञप्तिमा भनिएको छ । रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell