PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

स्थानीय तहमा संख्या थप: पर्सामा कतै दीपावली कतै विरोध



राधेश्याम पटेल

स्थानीय तहमा संख्या थप: पर्सामा कतै दीपावली कतै विरोध

वीरगंज : स्थानीय तह थपघटको पर्सामा मिश्रित प्रतिक्रिया आएको छ। संख्या थपघटमा कतै दिपावली गरिएको छ। भने, कतै विरोध प्रदर्शन भएको छ।

वीरगन्ज उपमहानगरबाट महानगर घोषणा भएपछि सरकारको निर्णयको स्वागत भएको छ। ग्रामीण भेगमा भने निर्णयको विरोध भएको छ। स्वर्णपुर गाउँपालिकाबाट ठोरी गाउँपालिका नामाकरण भएपछि स्थानीय खुसी भएका छन्।

नयाँ संरचना अनुसार ठोरी गाउँपालिका ठोरी, निर्मलबस्ती, स्वर्णपुर र महादेवपटी गरी साविकका चार गाविस रहनेछन्। यता, ठोरीलाई नगरपालिका बनाउनुपर्ने माग गर्दै स्थानीय नेताहरुले पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेलाई ज्ञापन बुझाएका छन्।

सरकारको नयाँ निर्णय अनुसार स्वर्णपुर गाउँपालिकाबाट सेढवा, जगरनाथपुर गाउँपालिकाबाट पिडारीगुठी, पटेर्वासुगौली गाउँपालिबाट सुपौली र जीतपुर तथा शंकर सरैया मिलाएर जिराभवानी गाउँपालिका बनाइएको छ। सरकारको निर्णयको औपचारिक परिपत्र हुन बाँकी नै छ।

कतिपय स्थानमा गाउँपालिकाको सीमा हेरफेर भएको विरोधमा स्थानीयले असन्तुष्टि जनाएका छन्। पिडारीगुठीलाई जगरनाथपुर गाउँपालिकामै यथावत गरिनुपर्ने माग राख्दै स्थानीयले बुधबारदेखि हुलाकी राजमार्गको वीरगंज–ठोरी सडकखण्ड अवरुद्ध पारेका छन्।

आन्दोलनमा स्थानीय स्तरमा क्रियाशील माओवादी केन्द्र, नेपाली काँग्रेस, एमाले, फोरम नेपाल, राजपा नेपाललगायतका दलका नेताहरु सहभागी छन्।

तर, सेढवा, महादेवपटी, जीतपुर, सुपौली र शंकरसरैया गरी ५ गाविस मिलाई जिराभवानी गाउँपालिका कायम गर्ने निर्णय सरकारले निर्णयमा अन्य क्षेत्रका बासिन्दाले भने स्वागत गरेका छन्।

सरकारले पर्साको बेल्वा गाउँपालिकालाई वीरगन्ज महानगरमा गाभेको छ। पोखरिया नगरपालिकाबाट बिरन्चीबर्वा, मुडली, भेडीहारी, हरिहरपुर हटाएर नयाँ कालिकामाई गाउँपालिका बनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell