PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त सोह्र वर्षपछि पक्राउ



पहिलोपोस्ट

कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त सोह्र वर्षपछि पक्राउ

दमक: कर्तव्य ज्यान मुद्दामा फरार एक जना अभियुक्त सोह्र वर्षपछि पक्राउ परेको छ ।

पक्राउ पर्नेमा झापा भद्रपुर नगरपालिका–४ का ५३ वर्षीय हर्कबहादुर राई रहेका छन्। राईमाथि सोही नगरपालिका बस्ने भक्तबहादुर राईलाई २०५८ साल पुस ८ गते हत्या गरी फरार रहेको आरोप छ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खोजतलास गर्ने क्रममा आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा उनलाई बुधबार साँझ पक्राउ गरिएको जिप्रका झापाले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell