चितवन : २९ वडा रहेको भरतपुर महानगरको मतगणना जारी छ। निर्वाचन भएको दश दिन बितिसक्दा पनि अन्तिम मत परिणाम आउन सकेको छैन। पहिलो चरणको स्थानीय तहको निर्वाचनको केन्द्रमा रहेको भरतपुरको मतगणनामा सबैको ध्यान केन्द्रित छ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनका उम्मेद्वार प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहाल र नेकपा एमालेका देवी ज्ञवालीबीच तीव्र प्रतिष्पर्धा छ।
१ लाख १२ हजार ७ सय ४१ मत खसेको भरतपुरमा झण्डै ६० प्रतिशत मतगणना सम्पन्न भएको छ। यद्यपी अझै १० वटा वडाका मतगणना जारी छ।
यो समाचार तयार पार्दासम्म एमालेका देवी ज्ञवालीले अग्रता लिइरहेका छन्। देवीलाई रेणुले पछ्याइरहेकी छिन्। र, मतान्तर पनि घटाइरहेकी छिन्।
रेणु र देवीको मतको फरक अहिले केवल १ हजार ७ सय ४९ छ। देवीले ३० हजार ६ सय ८२ मत प्राप्त गर्दा रेणुको मत २८ हजार ९ सय ३३ मत छ। त्यस्तै राप्रपाका मेयरका उम्मेद्वारले पनि ४ हजार ४ सय ८१ मत प्राप्त गरेका छन्।
ग्राफमा हेर्नुस् प्रतिष्पर्धा -
(मतगणना सुरु भए यता ३१ पटक सार्वजनिक भएको मतपरिणामको ग्राफ, मतगणना अझै जारी छ।)