PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

काठमाडौं र पोखरामा एमालेको फराकिलो अग्रता, भरतपुरमा मतान्तर घटाउँदै रेणु



पहिलोपोस्ट

काठमाडौं र पोखरामा एमालेको फराकिलो अग्रता, भरतपुरमा मतान्तर घटाउँदै रेणु

काठमाडौः चार महानगरपालिका मध्ये ललितपुर महानगरपालिकाको मतगणना सकिएपनि अन्य तीन महानगरपालिकाको मतगणना भने जारी छ । 

पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले तीनवटै महानगरमा अग्रता कायम राखेको छ । काठमाडौं महानगरमा एमालेको अग्रता सवैभन्दाबढी देखिएको छ ।  

काठमाडौं महानगरपालिकामा करिव १ लाख ९० हजार मत खसेकोमा अहिलेसम्म १ लाख ४० हजारभन्दा बढी मतगणना भइसकेको छ । नेकपा एमालेका मेयरका उम्मेद्वार विद्यासुन्दर शाक्य करिव १५ हजार मतले अगाडि छन् । 

शाक्य ४८ हजार  ७६ मतका साथ अग्रस्थानमा छन् । नेपाली कांग्रेसका उम्मेद्वार राजुराज जोशी ३३ हजार ४ सय मतले शाक्यलाई पछ्याइरहेका छन् । 

विवेकशील नेपालीकी रञ्जु दर्शना १७ हजार २ सय  मत र साझा पार्टीका किशोर थापाले १३ हजार २ सय मत प्राप्त गरेका छन् । उपमेयरमा नेपाली कांग्रेसकी हरिप्रभा खड्गी ४३ हजार ५ सय ५ मत ल्याएर अग्रस्थानमा छिन् ।

राप्रपाका राजाराम श्रेष्ठले २५ हजार ८ सय ९० मत ल्याएका छन् । 

भरतपुर महानगरपालिकामा भने एमाले उम्मेद्वार देवी ज्ञवाली र माओवादी केन्द्रकी उम्मेद्वार रेणु दाहालको मत अन्तर कम हुँदै गएको छ ।

ज्ञवाली ३० हजार ६ सय ८२ मत प्राप्त गर्दा दाहालले २८ हजार ९ सय ३३ मत प्राप्त गरेकी छन्। उपमेयरमा पार्वती शाह ३२ हजार १ सय ५३ र एमालेका दिव्य आचार्यले २७ हजार ८ सय २९ मत प्राप्त गरेका छन् । 

पोखरा महानगरपालिकामा नेकपा एमालेका मानवहादुर जिसीले ४६ हजार ८ सय मत प्राप्त गरेका छन् । कांग्रेसका रामजी कुँवरले ३६ हजार १ सय मत प्राप्त गरी जिसीलाई पछ्याएका छन् । 

उपमेयरमा एमालेकी मञ्जु गुरुङ ४३ हजार ८ सय मतका साथ अगाडि छिन् । कांग्रेसकी सरस्वती गुरुङले ३४ हजार ९० मत प्राप्त गरेकी छन् । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell