PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

प्रमुख निर्वाचन आयुक्त भन्छन्–सङ्ख्या बढाएको आधिकारिक जानकारी आयोगलाई प्राप्त भएको छैन



रासस

प्रमुख निर्वाचन आयुक्त भन्छन्–सङ्ख्या बढाएको आधिकारिक जानकारी आयोगलाई प्राप्त भएको छैन

काठमाडौंः प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले दोस्रो चरणको निर्वाचन ४६१ स्थानीय तहमै हुने बताएका छन्।

निर्वाचनमा खटिएका अनुगमन टोली प्रमुख र सुक्ष्म अनुगमनकर्तासँगको छलफलमा प्रमुख आयुक्त यादवले स्थानीय तहको सङ्ख्या बढाएको आधिकारिक जानकारी आयोगलाई प्राप्त नभएको र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट आएको अधुरो प्रतिवेदनको आधारमा निर्वाचन हुन नसक्ने बताए।

प्रमुख आयुक्त यादवले निर्वाचनकाबारेमा दुविधा र भ्रममा नपर्नसमेत आग्रह गरेका छन् ।  उनले दोस्रो चरणको निर्वाचन गराउन आयोग प्रतिबद्ध र दृढ भएर अघि बढिरहेको बताए ।

यादवले दोस्रो चरणको निर्वाचनको सामग्रीको व्यवस्थापनसमेत भइसकेको बताए ।

दोस्रो चरणको निर्वाचन चार प्रदेशको ठूलो क्षेत्रमा हुने भएपनि भूगोलको हिसाबले अघिल्लोको तुलनामा निकै सहज रहेको यादवको भनाइ थियो ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell