
म्यानचेष्टर युनाइटेडले यस सिजनको युरोपा लिगको उपाधि जितेको छ। गएराति भएको फाइनलमा डच क्लब अयाक्सलाज्ई २–० ले हराउँदै युनाइटेड च्याम्पियन बनेको हो।
सोही च्याम्पियनको हैसियतमा इंग्लिस क्लब युनाइटेडले आगामी सिजनको युरोपियन च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ।
प्रिमियर लिगमा छैटौँ स्थानमा लिग सकाएको युनाइटेडका लागि च्याम्पियन्स लिगमा स्थान बनाउन युरोपा लिगको फाइनल जित्नुको विकल्प थिएन। पउल पोग्वा र हेनरिख मिखातर्यायनले गोल गरेपछि युनाइटेड च्याम्पियन्स लिगको लागि छनौट भएको हो।
पोग्वाले खेलको १८औं मिनेटमा मारउने फेलिइनीको पासमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए। ४८औं मिनेटमा मखातर्योनले गोल गरेपछि युनाइटेडले स्वीडेनको स्टकहोममा पहिलो पटक युरोपा लिगको उपाधि उचाल्यो।
यस सिजन युनाइटेडको यो दोस्रो उपाधि हो। युनाइटेडले साउथह्याम्पटनलाई हराउँदै इएफएल कपको उपाधि जितेको थियो।
युरोपा लिगको उपाधि जितेसँगै युनाइटेड युरोपको सबै नकआउट टुर्नामेन्ट जित्ते पाँचौ क्लब बनेको छ। यसअघि इंगलिस क्लब चेल्सी, अयाक्स, इटालियन क्लब युभेन्ट्स र जर्मन क्लब वायर्न म्युनिखले यस्तो सफलता हात पारिसकेका छन्।