
कप्तान इयान मोर्गनको शतक प्रेरित इंगल्याण्डले फस्ट रोएल लण्डन वान डे क्रिकेटमा दक्षिण अफ्रिकालाई ७२ रनले हराएको छ। जितसँगै घरेलु टोली इंगल्याण्डले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ।
लिड्सस्थित हेडिङ्लेमा दक्षिण अफ्रिकाले टस जितेर फिल्डिङ रोजेपछि इंगल्याण्डले पहिले ब्याटिङ गर्दै ३३९ रन बनाएको थियो। इंगल्याण्डको लागि कप्तान मोर्गनले १०७ रन बनाए। ९३ बल खेलेका उनले ७ चौका र ५ छक्का प्रहार गरे।
१९८ रन हुँदा ५ विकेट गुमाएकव इंगल्याण्डका लागि मोर्गनले मोइन खलीसँग शतकीय साझेदारी गर्दै इनिङ्स उकासेका थिए।
अलीले ५१ बलमा समान चौका र छक्का प्रहार गर्दै नटआउट ७७ रन बनाए। त्यसबाहेक एलेक्ल हाल्सले ६१, जोफएरुटले ३७ तथा बेन स्टोकले २५ रन जोडे।
दक्षिण अफ्रिकाका क्रिस मोरिस र एन्डिल पेहलुकवायोले २र२ विकेट लिए।
जवाफमा ३४० रनको लक्ष्य प५याएको दक्षिण अफ्रिका ४५ ओभरमा २६७ रनमै अलआउट भयो। दक्षिण अफ्रिकाका लागि हसिम हमला र फाप डु प्लेसिसले अर्धशतक पूरा गरे। अमलाले ७३ तथा प्लेसिसले ६७ रन बनाए। यस्तै ए बी डे भिलिएर्सले ४५ रन जोडे।
बलिङमा इंगल्याण्डका क्रिस वोक्सले सर्वाधिक ४ विकेट लिए। यस्तै अदिल रसिद र म्यान अफ दी म्याच मोइन अलीले २र२ विकेट लिए।
इंग्लयाण्ड र दक्षिण अफ्रिकाबीचको सेकेण्ड वान डे साउथह्याम्पटनमा यही शनिबार हुनेछ।