PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

पोखरा २६ र २९ मा एमालेको प्यानल विजयी



रासस

पोखरा २६ र २९ मा एमालेको प्यानल विजयी

पोखराः पोखरा लेखनाथ महानगरपालिकाको २६ र २९ नम्बर वडामा नेकपा एमालेको प्यानल विजयी भएको छ । 

महानगरको २६ नम्बर वडा अध्यक्षमा एमालेका नारायणप्रसाद बराल दुई हजार १३० मत प्राप्त गरी विजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका मुरारी शर्माले एक हजार ५८६ मत प्राप्त गरेका छन् । 

वडाको महिला सदस्यमा मुरली थापा, दलित महिला सदस्यमा शर्मिला विश्वकर्मा, खुला सदस्यद्वयमा रामकृष्ण जिसी र खड्कबहादुर रानाभाट विजयी भएका छन् । 

यस्तै, वडा नं २९ को अध्यक्षमा एमालेकै चेतबहादुर गुरुङ एक हजार ४४८ मतसहित विजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी दीपकमणि भण्डारीले एक हजार २२३ मत प्राप्त गरेका छन्। 

वडा महिला सदस्यमा निर्मला पौडेल, दलित महिला सदस्यमा मनकुमारी सुनार, खुला सदस्यद्वयमा थलबहादुर पाण्डे र हेमबहादुर बानियाँ निर्वाचित भएका छन् । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell