PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

४८३ स्थानीय तहका लागि उम्मेदवार छान्न कस्सियो कांग्रेस



पहिलोपोस्ट

४८३ स्थानीय तहका लागि उम्मेदवार छान्न कस्सियो कांग्रेस

काठमाडौंः नेपाली कांग्रेसले दोस्रो चरणको निर्वाचनका लागि चार सय ८३ उम्मेद्वार छनौटको काम सुरु गरेको छ। 

सधै अन्तिम समयमा मात्र जुट्ने कांग्रेस यस पटक भने अरु भन्दा एक कदम अघि बढेर आज विहानै देखि उम्मेदवार छनौटको छलफलमा जुटेको हो। 

‘अहिले हामीले दुर्गमबाट उम्मेद्वार छनौटको छलफल सुरु गरेका छौ सम्भवता केही दिनभित्रै टुंग्याउने छौं’,कांग्रेस नेता अर्जुननरसिंह केसीले भने, ‘उम्मेदवार छनौट गर्दा विगतका कमजोरी नगर्ने र जित्ने उम्मेदवारलाई टिकट दिने सोच बनाएका छौ।’ उनले दुर्गमबाट सुगमतर्फका उम्मेदवारको टुंगो लगाउँदै जाने जानकारी दिए।

कांग्रेसले गाउँ कार्यसमितिबाट प्रस्तावित नामहरु क्षेत्रीय कार्यसमिति र जिल्ला कार्यसमिति सम्ममा  टुंग्याउने र त्यहाँ नटुंगिएकालाई केन्द्रबाट नै टुंग्याउन विधि बनाएको छ।

उम्मेदवार छनौटका लागि बनाएको विधिभित्र छिरेर केही उम्मेदवार र तिनका गुटले जिल्लामा उम्मेदवारी टुंग्याउन नदिएपछि केन्द्रले टुंग्याउनु परेको हो। स्थानीय तहमै टुंगो लागेका उम्मेदवारको भने केन्द्रीय प्रतिनिधिले मनोनयनमा हस्ताक्षेर गरेपछि उम्मेद्वारीलाई निर्वाचन आयोगले आधिकारिकता दिने गरेको छ।

सम्बन्धित जिल्लामा कमजोर रहेको गुटले कांग्रेसमा प्रायजसो विवाद झिक्ने र केन्द्रमा ल्याएर भागवण्डामा आफूलाई पार्ने प्रयास गर्ने गरेका कारण कांग्रेसमा उम्मेदवार छनौटप्रक्रिया जटिल बन्ने गरेको छ।

केन्द्रमा भने प्रायजसो गुट संचालन गर्ने नेताहरु एकै ठाउँमा बस्ने र उम्मेद्वारको योग्यता, स्थानीय लोकप्रियतासँगै गुटको लेनदेन र भागवण्डाका आधारमा उम्मेदवार टुंग्याउने गर्छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell