PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

ब्राजिलमा सरकारबिरुद्ध बिशाल प्रदर्शन



रासस

ब्राजिलमा सरकारबिरुद्ध बिशाल प्रदर्शन

ब्राजिलः ब्राजिलमा दशौं हजारको जुलुसले सरकारबिरुद्ध बिशाल प्रदर्शन गरेको छ । आन्दोलनकारी र प्रहरीबीचका ठाउँठाउँमा भीडन्तहरु भएका छन् । प्रदर्शनकारीले आगजनी गरेपछि प्रमुख मन्त्रालयहरु बन्द गरिएका छन् । 

राष्ट्रपति माइकल टेमरले मुलुकमा शान्ति सुरक्षा र कानूनको कडा परिपालन तथा सुब्यबस्था कायम गर्न राष्ट्रिय सेनालाई परिचालन हुन आदेश दिएका छन्। 

प्रदर्शनकारीहरुको प्रमुख माग राष्ट्रपति टेमरको राजीनामा वा बरखास्ती रहेको छ। राजधानी ब्राजिलियामा दशौं हजार जनताको एक बिशाल जुलुसले नाराबाजी गर्दै संसद भवन घेराउ गरेका छन् । 

राष्ट्रपति टेमरले केही समय अघि लागू गरेका आर्थिक सुधारका कार्यक्रमप्रति कडा बिरोध जनाउँदै प्रदर्शन भएको हो।

भ्रष्टाचार काण्डमा मुछिएको आरोप लगाउँदै प्रदर्शनकारीले राष्ट्रपतिको तत्काल राजीनामा माग गरेका छन् । 

प्रदर्शनकारीले राजधानीका कतिपय सडकमा टायर बालेर, घुम्ती शौचालयका छाप्राहरु तेस्र्याएर दङ्गा नियन्त्रण गर्न खटिएका प्रहरीहरुको मार्ग अवरुद्ध पारेका छन् । 

आक्रोशित प्रदर्शनकारीहरुले कृषि मन्त्रालयमा आगजनी गरेका र प्रदर्शनकारीहरुलाई नियन्त्रण गर्न सुरक्षाकर्मीले हवाइफायर र अश्रु ग्याँस हानेका दृश्य स्थानीय सञ्चार माध्यमले सार्वजनिक गरेका छन् । रासस /एपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell