PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

दोस्रो चरणको निर्वाचनमाथि बढ्यो संशय, आयोग नै अलमलमा



पहिलोपोस्ट

दोस्रो चरणको निर्वाचनमाथि बढ्यो संशय, आयोग नै अलमलमा

काठमाडौं : स्थानीय तहको संख्या थप गर्ने सरकारको निर्णयले जेठ ३१ गते स्थानीय तहको निर्वाचन गर्ने वातावरण प्रभावित भएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचनका लागि २० दिन बाँकी रहँदा आयोगले जेठ ३१ मा निर्वाचन सम्भव नहुने आशयको विज्ञप्ति प्रकाशित गरेको हो।

आयोगले विज्ञप्ति जारी गर्दै ४ सय ६१ स्थानीय तहमा जेठ ३१ गते निर्वाचन सम्पन्न गर्ने गराउने वातावरण मिलाउन सरकारलाई आग्रह गरको छ। सरकारले जेठ ८ गते तराईका जिल्लाहरुमा २२ वटा स्थानीय तह थप गर्ने निर्णय गरेको थियो। लगत्तै १० गते आयोगलाई यसबारे जानकारी दिँदै सरकारले पत्राचार गरेको थियो। 

आयोगले विज्ञप्ति जारी गर्दै निर्वाचन कार्यतालिका प्रभावित भएको जनाएको हो। आयोगले वातावरण नबन्नुका चार कारणसमेत दिएको छ। 

-    पहिलो, नयाँ तह थप भएपछिका वडागत विवरण संघीय मामिला तथा स्थानीय विकास मन्त्रलायबाट आयोगमा प्राप्त भएको छैन।
-    दोश्रो, परिवर्तित गाउँपालिका तथा नगरपालिकाको विस्तृत विवरण प्राप्त भएपछि पनि गाउँपालिका तथा नगरपालिकाको वडागत तथा मतदान केन्द्रगत विवरण खुलेको मतदाता नामावली तयार गर्न र जेठ १५ सम्म पुर्यारउन असम्भव छ।
-    मतदाताको परिवर्तित ठेगाना अनुसार मतदाता परिचयपत्र छपाई गरी जेठ २७ सम्ममा सम्बन्धित मतदात केन्द्रमा पुग्ने गरी व्यवस्थापन गर्न सकिँदैन।
-    नयाँ थपिने गाउँपालिका तथा नगरपालिकाका लागि निर्वाचन अधिकृतको नियुक्ति गरी २०७४ जेठ १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न नसकिने अवस्था छ।

आयोगले चार कारण खुलाउँदै जेठ ३१ को स्थानीय तहको दोश्रो चरणको निर्वाचन सम्पन्न गर्ने वातावरण बिग्रिएको जनाएको हो। 

आयोगले विज्ञप्तिमा भनेको छ – दोश्रो चरणमा सम्पन्न गर्ने गरी नेपाल राजपत्रमा प्रकाशित निर्वाचन कार्यक्रम अनुसार निर्वाचन हुन बाँकी ४ सय ६१ स्थानीय तहमा उपरोक्त मितिमा निर्वाचन सम्पन्न गराउने वातावरण मिलाउन आयोग नेपाल सरकरासँग पुन आग्रह गर्दछ।'
बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगका प्रमुख आयुक्त सहित आयुक्तहरुसँग भेट गरेका थिए। निर्वाचनको मिति सार्ने विषयमा समेत बालुवाटारमा छलफल भएको थियो। 

बुधबार साँझ आयोगले जारी गरेको विज्ञप्तिमा पनि तिथि मितिबारे उल्लेख छ।

आयोगले प्रमुख आयुक्तले छलफलमा राखेको धारणा समेत विज्ञप्तिमा समेट्को छ। जसमा भनिएको छ – दोश्रो चरणको निर्वाचनको तिथि मितिको उपाय र सम्भावनाको विकल्प नखोजी २०७४ जेठ ३१ गते दोश्रो चरणको निर्वाचन सम्पन्न गर्न आयोग तयार रहेको जानकारी गराउनुभयो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell