PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

पोखरामा एमाले जित नजिक, एमाले उम्मेदवार ११ हजार भन्दा बढी मतले अगाडि



पहिलोपोस्ट

पोखरामा एमाले जित नजिक, एमाले उम्मेदवार ११ हजार भन्दा बढी मतले अगाडि

पोखराः पोखरा लेखनाथ महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा मेयरमा कांग्रेसका उम्मेदवार रामजी कुँवरलाई पछाडि पार्दै एमालेका मानबहादुर जिसीले फराकिलो मत अन्तरले अग्रता लिएका छन्।

महानगरमा १ लाख २५ हजार ७ सय मत खसेकोमा झण्डै १ लाख ८ हजार मत गणना सम्पन्न भइसकेको छ । महानगरका ३३ वडाहरु मध्ये २९ वटा वडाको मतपरिणाम सार्वजनिक भईसक्दा जिसी कांग्रेसका उम्मेदवार कुँवर भन्दा ११ हजार ८ सय २२ मतले अघि छन्।

एमाले उम्मेदवार जिसीले ५१ हजार २ सय १७ मत प्राप्त गरेका छन् भने कांग्रेसका कुँवरले ३९ हजार ३ सय ९५ मत प्राप्त गरेका छन्। मतगणना गर्न अब वडा नम्बर ३०, ३१, ३२ र ३३ को मात्र बाँकी छ। 

त्यस्तै, उपमेयरमा काग्रेसकी सरस्वती गुरुङले ३७ हजार ३ सय ३१ मत ल्याउदा एमालेकी मन्जुदेबी गुरुङले ४८ हजार २ सय ८८ मत ल्याएकी छन् । उपमेयरमा एमालेकी मन्जु १० हजार ९ सय ५७ मतले काग्रेस उम्मेदवार भन्दा अघि रहेकी छिन्।

आजमात्र ४ वटा वडाको परिणाम घोषणा भएको छ। वडा नम्बर २६ मा एमालेका नारायणप्रसाद बराल २ हजार १ सय ३० मत ल्याएर विजयी भए। 

त्यसैगरी, वडा नम्बर २७ मा काग्रेसका पुर्णकुमार गुरुङ १ हजार ६ सय ९० मत ल्याएर विजयी भए। 

२८ मा एमालेका निर्मल सुनार १ हजार ५ सय २५ मतसहित विजयी भए भने २९ मा एमालेका चेतबहादुर गुरुङ १ हजार ४ सय ४८ मत ल्याइ विजयी भएका छन्।

मतगणना सकिएका महानगरका २,३,४,९,१०,२३ र २७ वडामा काग्रेसले जितेको छ भने वडा नम्वर १,५,७,१३, १४, १५, १६ ,१७, १८,१९,२०,२१,२४, २५,२६,२८ र २९ मा एमाले प्यानलसहित विजयी भएका छन्।  

६,११ र १२ मा कांग्रेसले वडाअध्यक्ष तथा ८ र २२ नम्बरमा एमालेका वडा अध्यक्षसहित मिश्रित परिणाम आएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell