PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

२८३ मध्ये २७८ स्थानीय तहको मतपरिणाम सार्वजनिक, ५ को आउन बाँकी



पहिलोपोस्ट

२८३ मध्ये २७८ स्थानीय तहको मतपरिणाम सार्वजनिक, ५ को आउन बाँकी

काठमाडौंः पहिलो चरणको निर्वाचन भएका २८३ स्थानीय तह मध्ये अहिलेसम्म २७८ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ। 

आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र(जेइओसी) बाट प्राप्त जानकारी अनुसार २७८ स्थानीय तहबाट १२ हजार ९६४ उम्मेदवार निर्वाचित भएका छन्। आयोगका अनुसार अब पाँच स्थानीय तहको मतपरिणाम आउन बाँकी छ। 

पछिल्लो मतपरिणाम अनुसार नगरप्रमुख वा अध्यक्षमा २७८, उपाध्यक्ष/उपप्रमुख २७८, वडा अध्यक्ष २ हजार ५१३, वडा सदस्य पाँच हजार २०, महिला सदस्य दुई हजार ५०८, दलित महिला सदस्य दुई हजार ३६७ जना निर्वाचित भएका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell