PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

नीति तथा कार्यक्रममा शिक्षाः माध्यामिक शिक्षा स्थानीय तहलाई



पहिलोपोस्ट

नीति तथा कार्यक्रममा शिक्षाः माध्यामिक शिक्षा स्थानीय तहलाई

काठमाडौंः सरकारले माध्यमिक शिक्षा स्थानीय तहलाई हस्तान्तरण गर्ने भएको छ । आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रममा सरकारले यसलाई समावेश गरेको हो। 

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले माध्यामिक शिक्षा स्थानीय तहलार्इ हस्तान्तरण गरिने बताइन्।

माध्यामिक तहको शिक्षा अनिवार्य तथा निःशुल्क बनार्इने र लक्षित बर्गलार्इ शिक्षामा दिर्इएको सुविधालार्इ थप ब्यवस्थित बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ।

त्यसैगरी, नीति तथा कार्यक्रममा गुणस्तरीय शिक्षामा सबैको पहुँच पुर्याउिन नमुना विद्यालय कार्यक्रमलार्इ थप निरन्तरता दिर्इने, सीपमूलक शिक्षाका लागि प्रविधिक तथा ब्यवसायिक शिक्षामा क्रमश विस्तार गरिने, उच्च शिक्षामा सबैको पहुचमा पुर्यााउन प्रदेशस्तरमा विश्वविद्यालय स्थापनाको कार्यलार्इ निरन्तरता दिर्इने साथै खुल्ला विश्वविद्यालयलार्इ संचालनमा ल्यार्इने उल्लेख गरिएको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell