PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

म्यानमारमा दोस्रो चरणको शान्तिवार्ता सुरु



रासस

म्यानमारमा दोस्रो चरणको शान्तिवार्ता सुरु
फोटो श्रोतः myathninp.wordpress.com

नेपितः म्यानमारको जारी शान्ति प्रक्रिया दोस्रो चरणमा प्रवेश गरेको छ । राजधानी नेपितमा सुरु भएको वार्तामा विभिन्न छ वटा कार्यपत्रमा छलफल हुनेछ। 

बुधबार औपचारिक रुपमा उद्घाटन भएको वार्तामा बिहीबारदेखि छलफल सुरु भएको छ। वार्तामा म्यानमारमा युद्धरत विभिन्न १५ वटा जातीय समूहको प्रतिनिधित्व रहेको छ। 

वार्तामा विगतमा शान्ति प्रक्रियाको निरन्तरता र पूर्णताका लागि जातीय विद्रोहीले अघि सारेका मागका विषयमा छलफल हुने बताइएको छ। 

त्यहाँ गतवर्षदेखि शान्तिवार्ता सुरु भएपनि शान्ति प्रक्रियाले सोचोबमोजिम गतिदिन सकिरहेको छैन। 

वार्तामा कम्तीमा पनि ४१ जनाले तयार पारेका कार्यपत्रमाथि छलफल हुने बताइएको छ। 

सङ्घीय वार्ता टोलीकातर्फबाट आयोजना गरिएको बैठकमा जातीय विद्रोहीलाई पनि उनीहरुले समाजको व्यवस्थापनका लागि कल्पना गरेका कार्यक्रमहरुका बारेमा प्रस्तुती गर्न भनिएको छ। 

सुकीको नेतृत्वमा रहेको सङ्घीय शान्ति वार्ता संयुक्त समितिले त्यहाँ जातीय विद्रोहीले राखेका कतिपय मागमा सहमति जनाएको समाचारमा यसअघि नै आएको थियो। 

ती जातीय समूहले राख्दै आएका मागमा स्थानीय स्वायत्तता र राज्य सरकारको मागमा वार्ता संयुक्त समिति लचिलो भएको जनाइएको छ। 

स्थानीय रुपमा विभिन्न जातीय बाहुल्यता रहेको भनिएका स्थानमा म्यानमार वर्षैँदेखि हिंसात्मक विद्रोह भइरहेको छ। ती विभिन्न जातीहरुले आ आफ्नो राज्य र शासनमा स्वायत्तताको माग गर्दै आएका छन्। 

तर, म्यानमारको यसअघि लामो समयसम्म सञ्चालनमा रहेको सैनिक नेतृत्वको सरकारले उनीहरुको माग पूरा गर्न नसकिने भन्दै आएको थियो। जसका कारण ती क्षेत्रमा हिंसा भएको थियो । 

वार्तामा एक हजार चार सय जना प्रतिनिधिको सहभागिता रहेको छ। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell