PahiloPost

May 16, 2026 | २ जेठ २०८३

पर्साका जिल्ला शिक्षा अधिकारी ५० हजार घुससहित अख्तियारको नियन्त्रणमा



राधेश्याम पटेल

पर्साका जिल्ला शिक्षा अधिकारी ५० हजार घुससहित अख्तियारको नियन्त्रणमा

वीरगञ्जः पर्साका जिल्ला शिक्षा अधिकारी केदार तिवारी र इन्जिनियर नवलकिशोर देव घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान अयोगको टोलीले जिल्ला शिक्षा अधिकारी तिवारीलाई पचास हजार र इन्जिनियर देवलाई वीस हजार रुपैयाँ घुस लिंदै गरेको बेला पक्राउ गरेको हो ।

पकहामैनपुर गाउँपालिकामा रहेको नेरा प्राथमिक विद्यालयको भवनको वजेट पास गर्न उनीहरुले घुस मागका थिए।  घुस मागेपछि विद्यालय व्यवस्थपान समितिले हेटौंडास्थित आयोगको क्षेत्रीय कार्यालयमा खवर गरेको थियो।

विद्यालयको भवन निर्माणका लागि आएको अनुदान रकम १९ लाख ५० हजार पास गराउन उनीहरुले ४० प्रतिशत घुस मागेका खुलेको आयोगले जनाएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell