PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते



पहिलोपोस्ट

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

इनरुवा: सुनसरीको इनरुवा–९ बबियामा बिहीबार ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा बबिया–९ बस्ने सजार खाँ रहेको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ। सोही घटनामा परी स्थानीय सरुख खाँ गम्भीर घाइते भएका छन्।

बबिया शुक्रबारे हाटबाट सत्तैरझोरा जाँदै गरेको को २ त २७६८ नंको ट्र्याक्टर अनियन्त्रित भई होली पुलमा दुर्घटना हुँदा सजार र सरुख गम्भीर घाइते भएका तथा उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएकोमा उचारका क्रममा सजारको मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही घटनामा परी गम्भीर घाइते भएका सरुखको ढाड र खुट्टामा गहिरो चोट लागेको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell