
पोखरा: पोखरा लेखनाथ महानगरपालिकाको वडा नं ३० र ३१ मा नेकपा एमालेको प्यानलै विजयी भएका छन्।
वडा नं ३० मा एमालेका तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार श्रीराम पोखरेलले दुई हजार २८ मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका दुर्गाप्रसाद सुवेदीले एक हजार ९२५ मत प्राप्त गरे।
वडाको महिला सदस्यमा शारदा बास्तोला, दलित महिला सदस्यमा रमा नेपाली, खुला सदस्यद्वय सोमलाल कँडेल र चोलाप्रसाद बराल विजयी भएका छन्।
त्यस्तै, वडा नं ३१ को वडाध्यक्षमा एमालेका कमलबहादुर थापा क्षेत्री एक हजार ७६१ मतसहित विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका शरदराज सुवेदीले एक हजार २६१ मत प्राप्त गरे।
वडाको महिला सदस्यमा सावित्री भण्डारी, दलित महिला सदस्यमा विष्णु सुनार, खुला सदस्यद्वयमा विष्णुबहादुर भुजेल र पूर्णखर पाण्डे विजयी भएका छन्। रासस