PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

दोस्रो चरणको निर्वाचनमा रातो मसी प्रयोग हुने, ३२ लाखमा मसी खरिद



पहिलोपोस्ट

दोस्रो चरणको निर्वाचनमा रातो मसी प्रयोग हुने, ३२ लाखमा मसी खरिद

काठमाडौँ : निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनमा मतसंकेतका लागि रातो मसीको प्रयोग गर्ने भएको छ। पहिलो चरणको निर्वाचनमा नीलो रङको मसी प्रयोग भएको थियो। 

आयोगले ३२ लाख १० हजार ५४० रुपैयाँ खर्च गरेर मसी र स्ट्याम्प प्याड खरिद गरेको छ। नीलो मतपत्रमा सोही रङको मसी प्रयोग गरेका कारण मतगणनामा अप्ठेरो परेपछि आयोगले रातो मसी प्रयोग गर्ने निर्णय गरेको थियो।

आयोगले स्ट्याम्प प्याड र मसीका लागि बोलपत्रमार्फत् एसियन इन्टरनेशनल बिजनेश प्रालिलाई छनोट गरेको छ।

पहिलो चरणको निर्वाचनमा नीलो मसी प्रयोग गरेका कारण मतगणनामा समेत अप्ठ्यारो परेको कर्मचारीको सुझावका आधारमा मतसंकेतमा रातो मसीको प्रयोग गर्न लागिएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell