PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

फोटोमा हेर्नुस् भोटो जात्राको रमझम, यसरी देखाइयो राष्ट्रपतिलाई भोटो

फोटोमा हेर्नुस् भोटो जात्राको रमझम, यसरी देखाइयो राष्ट्रपतिलाई भोटो

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो राष्ट्रपति विद्यादेवी भण्डारीसहितका उच्च पदस्थ व्यक्तिको उपस्थितिमा बिहीबार ललितपुरमा देखाइएको छ। जावलाखेलमा एक विशेष कार्यक्रममा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश सुशीला कार्की तथा संवैधानिक निकायका प्रमुखहरुले भोटो अवलोकन गरेका थिए। 

भोटो अवलोकनपछि विशिष्ठ व्यक्तिलाई रातो मत्स्येन्द्रनाथका पुजारीले फूलप्रसादसहित विदा गरेका थिए। 

विसं ६६२ मा नागराज कर्कोटकले दिएको भोटोको स्वामित्वका विषयमा दुई व्यक्तिका बीचमा विवाद भई रातो मत्स्येन्द्रनाथालाई जिम्मा लगाइएको थियो। त्यही बेलादेखि भोटो दसी प्रमाणसहित लिनका लागि भोटो देखाउने परम्परा बसेको विश्वास छ। 

काठमाडौँ उपत्यकाका सबै मानिस भोटो जात्रा हेर्न एवम् दसी प्रमाणसहित दाबी गर्ने उद्देश्यले जावलाखेलमा जम्मा हुन्छन् भन्ने विश्वासमा यस दिन उपत्यकामा सार्वजनिक बिदा दिने चलन पहिलेदेखि बसेको हो । 

यो जात्रा वरदेवको शासनकाल विसं ६६२ देखि सुरु भएको विश्वास गरिन्छ । अनिकाल लागेर रातो मत्स्येन्द्रनाथलाई उपत्यकामा भित्र्याउने राजा गुणकामदेवका नाति, नरेन्द्रदेवका छोरा वरदेवको पालादेखि भोटो देखाउने जात्रा सुरु भएको भोटो देखाउने जात्राको साइत हेर्ने ज्योतिषी परिवारका सदस्य एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य कीर्तिमदन जोशीको भनाइ छ। रासस
 


ट्रेन्डिङ पोस्ट

Ncell