
पोखरा: पोखरा लेखनाथ महानगरको मेयरमा एमालेका मानबहादुर जिसी विजयी भएका छन्। यस्तै उपमेयरमा एमालेकै मञ्जु गुरुङ विजयी भएकी छन्।
जिसी ६० हजार ११८ मतसहित विजयी भएका हुन्। यस्तै, उपमेयरमा गुरुङले ५६ हजार ४४८ मत पाएकी छन्।
१३ हजार ७०२ को भारी मतान्तरसहित जिसी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका रामजी कुँवरले ४६ हजार ४१६ मत पाएका छन्।
उपमेयरमा मञ्जुले पनि कांग्रेसकी सरस्वती गुरुङलाई १२ हजार ११० मतान्तरले पराजित गरेकी हुन्।
महानगरका ३३ वटा वडामध्ये एमालेले २२ वडामा जित हासिल गरेको छ। ११ वडामा नेपाली कांग्रेस विजयी भएको छ।
पोखरा महानगरमा सत्तारुढ दुई दल कांग्रेस र माओवादी केन्द्रको गठबन्धन भएको थियो। तर, माओवादीका तर्फबाट उपमेयर उम्मेद्वार गोमा ढकालले भने उम्मेद्वारी फिर्ता लिएकी थिइनन्।
तस्विर : रवीन्द्र अधिकारीको ट्विटरबाट