गैँडाकोट : गैँडाकोट १ को बृटिश क्याम्प नजिकै फोटो खिच्न जाँदा नारायणी नदीमा बेपत्ता दुई युवाको शव फेला परेको छ। बिहीबार दिउँसो साढे तीन बजेदेखि बेपत्ता उनीहरुको शव शुक्रबार बिहान ९ बजेतिर बेपत्ता भएकै स्थानमा फेला परेको ईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक सुवास हमालले जानकारी दिए।
बिहीबार दिउँसो साथीहरुसँग बृटिश क्याम्प नजिकै पौडी खेल्न गएका गैँडाकोट २ का आशीष श्रेष्ठ र गैँडाकोट ८ का भुपेन्द्र केसी नदी किनारमा फोटो खिच्ने क्रममा नदीमा खसेका थिए।
अहिले शव मुचुल्का गरी पोष्टमार्टमको तयारी भइरहेको छ। शव आजै परिवारलाई बुझाइने प्रहरी निरीक्षक हमालले बताए।