PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

इंगलिस टिममा परेनन् सर्वाधिक गोलकर्ता तथा नियमित कप्तान रुनी



पहिलोपोस्ट

इंगलिस टिममा परेनन् सर्वाधिक गोलकर्ता तथा नियमित कप्तान रुनी

विश्वकप छनौट अन्तर्गत आगामी जुनमा हुने खेलका लागि घोषणा गरिएको इंगल्याण्डको टोलीमा नियमित कप्तान एवं सर्वाधिक गोलकर्ता वायन रुनी अटायनन्।

भर्खरै म्यानचेष्टर युनाइटेडबाट युरोपा लिगको च्याम्पियन बनेका रुनीलाई बाहिर राख्दै प्रशिक्षक ग्यारेथ साउथगेटले टोली घोषणा गरेका हुन्।

अर्को वर्ष रसियामा हुने विश्वकप छनौट अन्तर्गत इग्ल्याण्डले जुन १० मा स्कटल्याण्ड र जुन १३ मा फ्रान्ससँग खेल्दैछ।

३१ वर्षीय फरवार्ड रुनीले इंगल्याण्डका लागि ११९ क्याप जित्दै सर्वाधिक ५२ गोल गरिसकेका छन्।

रुनीले पछिल्लो समय क्लबमा पनि नियमित स्थान बनाउन सकेका छैनन्। त्यसै कारण देखाउँदै प्रशिक्षक साउथगेटले उनलाई राष्ट्रिय टिममा नराखेको बताएका छन्। युरोपा लिगको फाइनलमा पनि प्रशिक्षक जोसे मोरिन्होले रुनीलाई अन्तिम समयमा मात्र मैदान पठाएका थिए।

रुनी टिममा नपरेसँगै प्रशिक्षक साउथगेटले ४ फरवार्ड छनौट गरेका छन्। यस्तै टोटनहमका किरण ट्रीपिर पहिलो पटक इंगलिस टोलीमा परेका छन्।

 

इंगलिस टोली

गोलरकिपर : ज्याक बटल्याण्ड, जो हार्ट, फ्रेजर फोस्टर, टम हिटन

डिफेन्डर : रायन बट्राण्ड, ग्यारी केहिल, नाथन क्लाइन, आरोन क्रेस्वेल, बेन गिब्सन, फिल जोन्स, क्रिस स्मलीङ, जोन स्टोन्स, किरन ट्रीपिर, केल वाल्कर

मिडफिल्डर : डेले अली, एरिक डायर, एडम लालाना, जेस लिनगार्ड, जेक लिभरमोर, एलेक्स ओलेड च्याबरलेन, रहिम स्टरलिङ

फरवार्ड : ह्यारी केन, जेमी भार्डी, मार्कुस रासफोर्ड, जर्मेन डेफो



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell