
रेखा थापा र आर्यन सिग्देल स्टारर फिल्म ‘रुद्र प्रिया’ को बिहिबारदेखि बन्दिपुरबाट छायाँकन सुरु भएको छ। त्यहाँ रहेको खड्गादेवी मन्दिरमा पूजाआजा गर्दै फिल्मको छायाँकन सुरु गरिएको निर्माता समेत रहेकी रेखाले जानकारी दिइन्।
‘बन्दीपुरमा दुई साता जति बस्छौं’ रेखाले भनिन्, ‘त्यसपछि पोखरा, काठमाण्डौं र जिरीमा जान्छौं।’ कात्तिक २ गते लक्ष्मी पूजादेखि प्रदर्शनमा आउने फिल्म ‘रुद्र प्रिया’ को सुटिङ चालिस दिनमा सक्ने लक्ष्य राखिएको छ।
सुदिप भूपाल सिंह बबीको निर्देशन रहने फिल्ममा रेखा र आर्यन मुख्य भूमिकामा प्रस्तुत हुनेछन्। सात वर्षपछि उनीहरु एकसाथ पर्दामा सँगै देखिदैछन्।।
रेखा फिल्मसको प्रस्तुती रहेको फिल्म ‘रुद्र प्रिया’ मा रमेश एमके पौडेलले रेखासँग लगानीमा सहकार्य गरेका छन् भने निर्मात्रीको रुपमा सरस्वती थापा रहेकी छिन्। संजय लामाको छायाँकन रहेको फिल्ममा सुरेश अधिकारी, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ। कोरियोग्राफी कविराज गहतराजले गर्नेछन्।